समाचार

सत्ता समीकरण फेरिएसँगै बेचन झाको बयान रोकियो

२०८१ असार २६ गते १४:०१

काठमाण्डु, २६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बयान रोकिएको छ । काँग्रेस र एमालेबीच सत्ता समीकरण गर्ने सहमतिपछि झाको बयान रोकिएको हो । दुई दलबीच झा पक्राउ परेको तीन दिनपछि १७ असारको मध्यरातमा सत्ता समीकरणसम्बन्धी सहमति भएको थियो । उक्त...

बाढीपहिरोमा ८३ को मृत्यु, ९ हजार परिवार विस्थापित

२०८१ असार २६ गते १३:४३

काठमाण्डु, २६ असार– अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको...

मन्त्रालय भागबण्डा भएको छैनः ओली

२०८१ असार २६ गते १३:३८

काठमाण्डु, २६ असार–एमाले अध्यक्ष केपी ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । नेपाली कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभएको भन्दै उनले को—को सरकारमा सहभागी बन्छन् सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बुधबारको सचिवालय...

संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन:ओली

२०८१ असार २६ गते १३:३३

काठमाण्डु, २६ असार– एमाले अध्यक्ष केपी ओलीले काँग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्टीकरण दिएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले संविधानमा परिमार्जन र सुधार आवश्यक रहेको बताए । यद्यपि संविधानका कुनकुन धारा र...

आँप बगैंचामा युवकको हत्या

२०८१ असार २६ गते ८:५५

रौतहट, २६ असार– रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको छ । इशनाथ नगरपालिका–९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको अज्ञात समूहले पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आलमको शव शनाथ नगरपालिका–२, औरैयास्थित आप बगैंचामा फेला परेको थियो...

मन्थलीमा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु

२०८१ असार २६ गते ८:४८

रामेछाप, २६ असार– रामेछापमा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु भएको छ । मन्थलीबाट कल्लेरी गइरहेको प्रदेश ३-०१-०२३च३९२९ नम्बरको जीप मंगलबार साँझ दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु भएको हो । रामेछाप प्रहरीका अनुसार दुर्घटनामा अरु ९ जना घाइते भएका छन् । घाइते सबैको...

नौबिसे–मलेखु सडक रातिको समयमा बन्द, छहरे–टोखाको बाटो प्रयोग गर्न आग्रह

२०८१ असार २६ गते ८:४१

काठमाण्डु, २६ असार– नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि रातिको समयमा बन्द हुने भएको छ । २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोवजनाद्वारा जारी सूचनामा गणेश खोला, डाङडुङ खोला,...

रोल्पामा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

२०८१ असार २६ गते ८:२५

रोल्पा, २६ असार– रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१ख २१३९ नम्बरको मिनी ट्रक रुन्टीगढी गाउँपालिकामा गएराति दुर्घटना भएको हो । मृत्यु हुनेमा रुण्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ वर्षीय महेश थापा छन् । दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत...

जब धान रोपिरहेका दुई महिलामाथि चट्याङ खस्यो…

२०८१ असार २६ गते ८:१८

बाँके, २६ असार– चट्याङ लागेर खेतमा धान रोपिरहेका दुई महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपाकिला–२ स्थित खेतमा धान रोपी रहेका बेला वर्षासँगै चट्याङ पर्दा ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायको मृत्यु भएको हो । बाँके प्रहरीका डिएसपी नारायण डाँगीका अनुसार चट्याङ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०८१ असार २६ गते ८:१२

बागलुङ, २६ असार– अबिरल वर्षासँगै खसेको पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले बताए । उनका अनुसार प्रहरी र स्थानीयले पहिरो पन्छाएर यातायात खुलाउने प्रयास गरिरहेका छन्...

नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन: कांग्रेस नेता केसी

२०८१ असार २५ गते १६:५६

काठमाण्डु, २५ असार– पूर्वमन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको जानकारी दिएका छन । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस बोल्दै नेता केसीले यस्तो बताएका हुन...

बाँदर नियन्त्रण गर्नको लागि पालिकाले ‘मङ्की पार्क’ निमार्ण गर्ने

२०८१ असार २५ गते १६:३४

काठमाण्डु, २५ असार– बागलुङमा बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी बाँदर आतङ्क बाट आजित बनेका छन । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको बताएकी छन । उनले भनिन्, ‘यतिबेला बारीमा लगाइएको मकैले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us