समाचार

रवि लामिछानेको नाममा मानव तस्करी आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ

२०८१ असार २७ गते १५:३४

काठमाण्डु, २७ असार–प्रहरीले गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको छ । विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान व्यूरोले सिंहदरबारस्थित गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए । गृहमन्त्री रवि लामिछाने र गृहसचिव एक नारायण अर्यालको...

कुनै दलले चाहेर मात्र संविधान संशोधन हुँदैनः गगन थापा

२०८१ असार २७ गते १३:४५

विराटनगर, २७ असार– कांग्रेस महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक दलले चाहेर मात्र संविधान संशोधन सम्भव नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई प्रभावित गर्ने गरी संविधान संशोधन नहुने बताए । संविधान कार्यान्यवनका क्रममा देखिएका त्रुटि...

बालुवाटारमा मनाइयो सीता दाहालको प्रथम स्मृति दिवस

२०८१ असार २७ गते १३:२५

काठमाण्डु, २७ असार– प्रधानमन्त्री एवं ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको प्रथम स्मृति दिवस बिहीबार मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रचण्डसहित छोरीहरु रेणु र गंगा तथा परिवारका सदस्य तथा पार्टी नेता कार्यकर्ता...

प्रचण्डको विपक्षमा मत दिन सांसदहरुलाई काँग्रेसको ह्वीप

२०८१ असार २७ गते १३:१५

काठमाण्डु, २७ असार– कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका हुन् । सत्ताघटक एमाले, अकोश राई नेतृत्वको जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएसँगै...

खुकुरा फर्म सञ्चालकको शव क्षतविक्षत अवस्थामा भेटियो

२०८१ असार २७ गते १२:३६

विराटनगर, २७ असार– मोरङको सुन्दरहरैचा नरपालिका–१ मा एक व्यक्तिको हत्या भएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले सुन्दरहरैचा–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो । उनका अनुसार शव क्षतविक्षत अवस्थामा छ । बजगाईं कुखुरा फर्मका सञ्चालक हुन् । शव कुखुराको...

ललितपुरको गोटीखेलमा बोराभित्र बन्दुक भेटियो

२०८१ असार २७ गते १२:२८

ललितपुर, २७ असार– ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलमा एक नाले भरुवा बन्दुक फेला परेको छ । प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा झाडीमा बन्दुक फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । बन्दुक कसले किन राखेको हो भन्नेबारे खुलेको छैन । त्यस...

काँग्रेस गगन थापाको नेतृत्वमा सरकारमा जाने, तयार भयो मन्त्रीहरुको सूची

२०८१ असार २७ गते ११:०५

काठमाण्डु, २७ असार– नेपाली काँग्रेसभित्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जान नेताहरुबीच हानथाप सुरु भएको छ । सम्भवतः काँग्रेस महामन्त्री गगनकुमार थापा वा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पनि पार्टीका तर्फबाट नेतृत्व गरेर...

ट्रकमा स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी घाइते

२०८१ असार २७ गते ९:१४

पाल्पा, २७ असार– पाल्पामा ट्रकमा स्कुटर्र ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, दोभान नजिकै लु८६प ६५१ नम्बरको स्कुटर लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो । ट्रक र स्कुटर दुवै बुटवलबाट पाल्पातर्फ आउँदै थिए । दुर्घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरका २१ वर्षीय...

पहिरो पन्छाएपछि पृथ्वी रागमार्जमा एकतर्फी गाडी गुड्न थाले

२०८१ असार २७ गते ८:४४

काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहित खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको जानकारी दिए । प्रहरी र स्काभेटरको सहायतामा सडक एकतर्फी...

नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु

२०८१ असार २७ गते ८:२९

डडेल्धुरा, २७ असार– डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा १५ वर्षीया वसन्तीकुमारी विष्टको डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।...

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

२०८१ असार २७ गते ८:२४

काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी र स्काभेटरको सहायतामा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको...

काँग्रेसबाट रमेश लेखक गृहमन्त्री, एमालेबाट अर्थमन्त्री को ?

२०८१ असार २६ गते १९:५५

काठमाण्डु, २६ असार– सत्ता समीकरण गर्ने सहमति गरेका काँग्रेस र एमालेले केही महत्वपूर्ण मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन् । दुवै दलका दोश्रो तहका नेताहरुका अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा काँग्रेसले गृह, परराष्ट्र र भौतिक वा सहरी विकासमध्ये एक मन्त्रालय लिने करिब टुंगो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us