काठमाण्डू, ११ साउन– सहकारी पीडितहरूले आज (सोमबार) काठमाण्डूमा प्रदर्शन गरेका छन । सोमबार दिउँसो काठमाण्डूको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।
उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा सोमबार प्रदर्शन गरिएको हो ।