सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ११ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, ११ साउन– सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सो झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिएका छन । योसँगै उक्त झडपमा परेर ज्यान जानेको संख्या दुई पुगेको छ ।

यसअघि पनि सोमबार बिहान अर्का एक घाइतेको मृत्यु भएको थियो । मृत्यु हुने दुवै जनाको नाम एउटै रहेको मेहताले जानकारी दिए । सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन लागि प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएका थिए । झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी पनि घाइते भएका थिए । घाइते सबैको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us