बालेननिकट भिक्टोरले भनेः आधुनिक टनेलका लागि केपी ओलीलाई धन्यवाद दिनुपर्छ

काठमाण्डु टुडे २०८३ साउन ११ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, ११ साउन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट र विश्वासपात्र मानिने ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्धघाटन पछि एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेका छन ।

पौडेलले सुरुङमार्गको उद्धघाटन पछि सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले धन्यवाद दिएका हुन । पौडेलले नेपाल जस्तो भुगोल भएको देशमा यस्तो आधुनिक टनेल (सुरुङ) धेरै बर्ष अधिदेखि सयौं हुनुपर्ने भन्दै त्यसमा कसैले आँट नगरेको बेला केपी ओलीले आँट गरेर आफ्नो कार्यकालमा मुख्य प्रथामिकतामा राखेकोे भन्दै ओलीलाई धन्यवाद व्यक्त गरेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘गरेकोलाई गरेको देख्नुपर्छ, त्यो हाम्रो धर्म हो – यसका लागि केपी ओलीलाई धन्यवाद! नेपालजस्तो भूगोल भएको देशमा यस्तो modern tunnel धेरै वर्ष अगाडिदेखि सयौँ ठाउँमा हुनुपर्थ्यो तर आँट कसैले नगरेको बेला केपी ओलीले आट गरेर आफ्नो कार्यकालमा मुख्य प्राथमिकतामा राखे, त्यो सबैले appreciate गर्नुपर्छ। नेपालको पहिलो आधुनिक सुरुङ भएकाले कमीकमजोरी पनि भए होलान्, ढिलासुस्ती पनि भयो होला , कोहीलाइ त्यति ठूलो कुरा पनि नलाग्ला तर यसले नयाँ शुरुआत गरेको छ – नेपालको Road connectivity मा इँटा थप्ने काम गरेको छ !

साथै उनले अब यस्ता सुरुङहरु पनि धेरै भन्दा धेरै थपिने विश्वास सोत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us