समाचार

काँग्रेस–एमालेप्रति प्रचण्डको आक्रामक प्रश्नः कसका घरमा र कुन समयमा बन्द कोठामा सहमति गर्नुभयो ?

२०८१ असार २८ गते १२:३४

काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेलाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडरले जोडेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति तीव्र आपत्ति जनाए । ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र...

ओलीप्रति प्रचण्डको कटाक्षः अल्पमतमा पर्दा संसद विघटन गर्नेले मलाई नैतिकता पढाउने ?

२०८१ असार २८ गते १२:२६

काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेबीचको सहमतिप्रति आपत्ति जनाए । ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ...

काँग्रेस–एमालेलाई प्रचण्डको प्रश्नः सुशासनको अभियानबाट डराएर तपाईंहरु मिलेको होइन ?

२०८१ असार २८ गते १२:२०

काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमालेबीचको सहमति लोकतन्त्रमाथिको खतरा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सहमति परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको उल्लेख गरे । प्रचण्डले आफ्नो सरकारले अघि बढाएको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर काँग्रेस–एमाले मिलेर षड्यन्त्र गरेको...

प्रधानमन्त्रीले राजीनामा दिएको भए बाढीपहिरोले मानिस मर्ने थिएननः सांसद हजारा

२०८१ असार २८ गते १२:१३

काठमाण्डु, २८ असार– काँग्रेस सांसद् शम्भु हजाराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै राजीनामा नदिएका कारण देशमा बाढी, पहिरोका कारण धनजनको क्षति भएको जिकिर गरेका छन् । देश शोकाकुलअवस्थामा पुग्नुमा सरकार दोषी रहेको बताए । ‘बाढी पहिरोले गर्दा बाढी पहिराले मधेसका २२ जिल्ला र पहाडमा...

अमरेशको मागः वर्षातमा नाइट बस चलाउन रोक्नुपर्छ

२०८१ असार २८ गते ११:४९

काठमाण्डु, २८ असार– स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले रातिको समयमा नाइट बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सून्य समयमा बोल्दै सिंहले सम्भावित पहिरोको जोखिम भएका सडकमा वर्षा यामको तीन महिना रात्रि बस सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका हुन् ।...

प्रतिनिधिसभामा सांसदको आपत्तिजनक अभिव्यक्तिः बससँगै त्रिशूलीमा हराएकालाई श्रद्धाञ्जली

२०८१ असार २८ गते ११:३२

काठमाण्डु, २८ असार– एमाले सांसद दामौदर बैरागी पौडेलले नारायणगढ–मुग्लिन खण्डमा पहिरोले दुईवटा बस पुरिँदा बेपत्ता भएकाहरुलाई श्रद्धाञ्जली दिएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार शून्य समयमा बोल्दै उनले बेपत्ता रहेकाहरुलाई श्रद्धाञ्जली दिए । बेपत्ताहरुको खोजीमा गोताखोर परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

पाल्पामा महिला र पुरुष मृत फेला

२०८१ असार २८ गते ११:१८

पाल्पा, २८ असार– पाल्पाका दुई फरक स्थानमा एक पुरुष र एक महिला शव फेला परेको छ । रम्भा गाउँपालिका–१ सर्दीस्थित कालिगण्डकी नदी किनारमा अन्दाजी ४५ वर्षका पुरुषको शव फेला परेको प्रहरीेले जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकारी डिएपी सुगन्ध श्रेष्ठका अनुसार अन्दाजी ४५...

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न रास्वपाको ह्वीप

२०८१ असार २८ गते ११:०५

काठमाण्डु, २८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न पार्टीका...

पहिरोले घर पुरिंदा एकै परिवारका सात जनाको मृत्यु

२०८१ असार २८ गते ७:१०

कास्की, २८ असार-  अविरल वर्षासंगै पहिरोमा खसेर घर पुरिँदा कास्कीमा जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजेतिर पोखरा महानगरपालिका-१९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा परिवारका सात जनाको कमृत्यु भएको हो । कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माका अनुसार स्थानीय कुलबहादुर परियारको घर पहिरोले बहाएको...

गुडिरहेको बसमा ढुंगा खस्दा चालकको मृत्यु

२०८१ असार २८ गते ७:०२

चितवन, २८ असार- मुग्लिन- नारायणगढ सडकखण्डअन्तर्गत १७ किलोमा  गुडिरहेको यात्रुबसमा पहिरोसंगै झरेको ढुंगा लागेर चालकको ज्यान गएको छ ।  बुटवलबाट काठमाण्डु जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसमा माथिबाट ढुंगा ख़स्दा नवलपरासीका मेघनाथ विकको मृत्यु भएको हो । गम्भीर घाइते विकको उपचारक क्रमांक चितवन मेडिकल...

चितवनको सिमलतालमा दुई बस पहिरोमा पुरिए, ६५ मध्ये ६२ यात्रु बेपत्ता

२०८१ असार २८ गते ६:४२

काठमाण्डू, २८ असार- नारायणगढ- मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा शुक्रबार बिहान दुइवटा यात्रुबस पहिरोमा पुरिएका छन्  । वीरगञ्जबाट काठमाण्डू आउँदै गरेको  बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको बस र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्सको बसलाई बिहान साढे...

काठमाण्डुबाट गएको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलको धावन मार्गमा चिप्लियो

२०८१ असार २७ गते २२:३५

काठमाण्डु,२७ असार- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर-७२ विमान बिहीबार धावन मार्गमा चिप्लिएको छ ।                                       बुद्धको ९-एन एओसी कलसाइन भएको ७२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us