काठमाण्डुबाट गएको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलको धावन मार्गमा चिप्लियो

काठमाण्डु टुडे २०८१ असार २७ गते २२:३५ मा प्रकाशित

काठमाण्डु,२७ असार- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर-७२ विमान बिहीबार धावन मार्गमा चिप्लिएको छ ।                                       बुद्धको ९-एन एओसी कलसाइन भएको ७२ सिटे एटीआर अवतरणका क्रममा राति ९ बजेर ४१ मिनेटमा धावनमार्गमा चिप्लिएको हो ।        जहाजमा ६९ यात्रु र चालक दलका ४ सदस्यसहित ७३ जना सवार थिए ।                                                                                               सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुथ एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । भारी वर्षातका कारण धावनमार्गमा पानी जमेकाले घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै मानवीय क्षति भने नभएको बस्नेतले बताए । त्यसबारे विस्तृत विवरण आउन बॅाकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us