काँग्रेस–एमालेलाई प्रचण्डको प्रश्नः सुशासनको अभियानबाट डराएर तपाईंहरु मिलेको होइन ?

काठमाण्डु टुडे २०८१ असार २८ गते १२:२० मा प्रकाशित

काठमाण्डु, २८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमालेबीचको सहमति लोकतन्त्रमाथिको खतरा रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सहमति परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको उल्लेख गरे । प्रचण्डले आफ्नो सरकारले अघि बढाएको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर काँग्रेस–एमाले मिलेर षड्यन्त्र गरेको बताए ।

सहमति, गरेको समय, ठाउँ र कुन व्यक्तिका घरमा सहमति भयो भन्ने कुराले नै किन सहमति भएको हो भन्ने स्पष्ट रहेको उल्लेख गरे ।

काँग्रेस–एमाले आफूहरु मिलेको नभई कसैले मिलाइदिएको बताए । राष्ट्रिय सहमतिको रटानलाई नौटंकी भन्दै उनले रातबिरात अँध्यारो कोठामा राष्ट्रिय सहमति नहुने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us