पहिरोले घर पुरिंदा एकै परिवारका सात जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २८ गते ७:१० मा प्रकाशित

कास्की, २८ असार-  अविरल वर्षासंगै पहिरोमा खसेर घर पुरिँदा कास्कीमा जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा १० बजेतिर पोखरा महानगरपालिका-१९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा परिवारका सात जनाको कमृत्यु भएको हो । कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माका अनुसार स्थानीय कुलबहादुर परियारको घर पहिरोले बहाएको हो। मृत्यु हुनेमा घरमुली ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, छोरी २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us