गुडिरहेको बसमा ढुंगा खस्दा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २८ गते ७:०२ मा प्रकाशित

चितवन, २८ असार- मुग्लिन- नारायणगढ सडकखण्डअन्तर्गत १७ किलोमा  गुडिरहेको यात्रुबसमा पहिरोसंगै झरेको ढुंगा लागेर चालकको ज्यान गएको छ ।  बुटवलबाट काठमाण्डु जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसमा माथिबाट ढुंगा ख़स्दा नवलपरासीका मेघनाथ विकको मृत्यु भएको हो । गम्भीर घाइते विकको उपचारक क्रमांक चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवनका प्रमुख दिल्ली अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us