ललितपुरको गोटीखेलमा बोराभित्र बन्दुक भेटियो

काठमाण्डु टुडे २०८१ असार २७ गते १२:२८ मा प्रकाशित

ललितपुर, २७ असार– ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलमा एक नाले भरुवा बन्दुक फेला परेको छ ।

प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा झाडीमा बन्दुक फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बन्दुक कसले किन राखेको हो भन्नेबारे खुलेको छैन । त्यस विषयमा अनुसन्धान अघि बढाइएको सुवेदीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us