काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरी र स्काभेटरको सहायतामा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पोखरा र चितवनबाट आएका र त्यसतर्फ जान लागेका सवारी साधनको लामो लाइन लागेको छ ।