पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ असार २६ गते ८:१२ मा प्रकाशित

बागलुङ, २६ असार– अबिरल वर्षासँगै खसेको पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट नगरपालिका–१ दुदीलाभाटीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले बताए । उनका अनुसार प्रहरी र स्थानीयले पहिरो पन्छाएर यातायात खुलाउने प्रयास गरिरहेका छन् ।

पहिरोका कारण रुकुम र पश्चिम बालगुङ आउजाउ गर्ने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

यसअघि कालीगण्डकी करिडोरको करिब आधा दर्जन स्थानमा पहिरो खसेका कारण पछिल्लो चार दिनयता सवारी ठप्प छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us