रोल्पा, २६ असार– रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रा१ख २१३९ नम्बरको मिनी ट्रक रुन्टीगढी गाउँपालिकामा गएराति दुर्घटना भएको हो । मृत्यु हुनेमा रुण्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ वर्षीय महेश थापा छन् ।
दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन् । बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ ।
उकालो घुम्तीमा मोड्न खोज्दा पछाडि हटेर मिनी ट्रक खसेर ६५ मिटर तल खसेको छ । चालक थापाको शव गाडीभन्दा ३ मिटर पर फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।