आँप बगैंचामा युवकको हत्या

काठमाण्डु टुडे २०८१ असार २६ गते ८:५५ मा प्रकाशित

रौतहट, २६ असार– रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको छ ।

इशनाथ नगरपालिका–९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको अज्ञात समूहले पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आलमको शव शनाथ नगरपालिका–२, औरैयास्थित आप बगैंचामा फेला परेको थियो । रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले सँगै बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि हत्या भएको हुन सक्ने आशंका गरिएको बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको घिमिरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us