नौबिसे–मलेखु सडक रातिको समयमा बन्द, छहरे–टोखाको बाटो प्रयोग गर्न आग्रह

काठमाण्डु टुडे २०८१ असार २६ गते ८:४१ मा प्रकाशित

काठमाण्डु, २६ असार– नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि रातिको समयमा बन्द हुने भएको छ ।

२६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोवजनाद्वारा जारी सूचनामा गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको उल्लेख छ ।

रातिको समयमा सडक बन्द गरिएर काम गर्न लागिएको आयोजनाले जनाएको छ । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षा निकाय र सञ्चार माध्यमका सवारी साधन भने बन्द गरिने छैन ।

धादिङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले १५ दिनका लागि रातिको समयमा गल्छी–त्रिशुली–छहरे–टोखा सडक प्रयोग गर्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us