मन्थलीमा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २६ गते ८:४८ मा प्रकाशित

रामेछाप, २६ असार– रामेछापमा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु भएको छ ।

मन्थलीबाट कल्लेरी गइरहेको प्रदेश ३-०१-०२३च३९२९ नम्बरको जीप मंगलबार साँझ दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु भएको हो ।

रामेछाप प्रहरीका अनुसार दुर्घटनामा अरु ९ जना घाइते भएका छन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछापका डिएसपी प्रदीपकुमार सिंहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us