समाचार

सपथअघि नै ओलीलाई मोदीको बधाईः ओलीलाई नजिकबाट सहयोग गर्ने प्रतिबद्धता

२०८१ असार ३१ गते ११:५१

काठमाण्डु, ३१ असार- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन् । पद तथा गोपनियताको सपथअघि नै ओलीलाई मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई ज्ञापन गरेका हुन् । मोदीले ओलीको कार्यकालमा दुई देशको मित्रवत सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको बताए ।...

शीतलनिवासमा सपथ हुँदै गर्दा ओलीको पद खारेजी माग गर्दै सर्वोच्च पुगे कानून व्यवसायी

२०८१ असार ३१ गते ११:४४

काठमाण्डु, ३१ असार-शीतलनिवासमा पद तथा गोपनियताको सपथको अन्तिम तयारी भइरहेका बेला एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीमा भएको नियुक्ति खारेजीको माग गर्दै कानून व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । ओलीको नियुक्ति संविधानसम्मत नभएको भन्दै अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट लिएर सर्वोच्च...

यी हुन् ओली सरकारका २१ मन्त्री

२०८१ असार ३१ गते ११:३४

काठमाण्डु, ३१ असार–केपी ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको टुंगो लागेको छ । कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीबाट २१ जना मन्त्री बन्न लागेका हुन् । ओली सरकारमा कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ मन्त्रीको नाम...

शेखर–गगन समूहले मन्त्रीमा सिफारिस गरेका चार जना को–को हुन् ?

२०८१ असार ३१ गते ११:२६

काठमाण्डु, ३१ असार– कांग्रेसको शेखर–गगन समूहले चार मन्त्रालय पाएको छ । उक्त समूहले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवा समक्ष सिफारिस गरेको छ । उक्त समूहबाट प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि सिफारिस गरेको हो । पौडेल...

ओलीको सपथ आज

२०८१ असार ३१ गते ८:२७

काठमाण्डु, ३१ साोउन- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन् । राष्ट्रपति पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । केन्द्रका अध्यक्ष पुष्पकमल...

विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चि, योगेश, छविलाल र पदमलाई कुन मन्त्रालय ?

२०८१ असार ३० गते १९:४९

काठमाण्डु, ३० असार– एमालेले केपी ओली नेतृत्वको सरकारमा आठ मन्त्रालय पाउने भएको छ । काँग्रेस र एमालेबीच भागबण्डा हुँदा सुरुमा प्रधानमन्त्रीसहित एमालेले १० र काँग्रेसले ११ मन्त्रालय लिने सहमति थियो । तर, मधेसवादी दलहरुसमेत सरकारमा सहभागी हुने भएपछि दुई दलको शीर्ष नेतृत्वतहमा एमालेले ८...

दहमा डुबेर दिदीबहिनीको मृत्यु

२०८१ असार ३० गते १९:३९

स्याङजा, ३० असार– स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा दहमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । स्थानीय रामकोष स्वाराका नरेन्द्रब थापाका छोरीहरु १४ वर्षीया लक्ष्मी र १२ वर्षीया सुस्मिताको दहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङजा प्रहरीका प्रवक्ता इन्द्रबहादुर रानाले घरदेखि ५ सय...

प्रधानमन्त्री नियुक्त भएलगत्तै विद्या भण्डारी भेट्न गए ओली

२०८१ असार ३० गते १९:३२

                                                      फाइल तस्बिर काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएलगत्तै आइतबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी...

नारायणीमा भेटिए थप दुई शव

२०८१ असार ३० गते १९:२३

काठमाण्डु, ३० असार– शुक्रबार बिहान मुग्लिन–नारायण सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा बेपत्ता भएका थप दुई यात्रुको शव भेटिएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलस्थित गण्डक नहरमा आइतबार दुई जनाको शव फेला परेको हो । नवलपुर प्रहरीका डिएसपी वेदबहादुर...

मुकुलका परिवारलाई मनिषको आग्रहः अन्टसण्ट बोलेर कुटाइ खान सक्छन्, हेरचाह गर्नुस्

२०८१ असार ३० गते १९:१३

काठमाण्डु, ३० असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनीष झाले पार्टीबाट मुकुल ढकालले कुटाई खान सक्ने चेतावनी दिएका छन् । मुकुल अरुबाट परिचालित भएर पार्टीभित्र समस्या खडा गर्न उद्धत रहेको आरोप उनले लगाए । मुकुलले सबै योजना विफल भएपछि ‘भिक्टिम कार्ड’ खोल्न थालेको टिप्पणी गरे...

अर्थमन्त्री पुनको बिदाईमा गभर्नरः उहाँ गौरबका साथ बिदाई हुनुभयो

२०८१ असार ३० गते १८:४९

काठमाण्डु, ३० असार– नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुन गौरबका साथ मन्त्रालयबाट बिदा भएको बताएका छन् । आइतबार मन्त्री पुनको बिदाइमा आयोजित कार्यक्रममा उनले बजेटमार्फत सूचना प्रविधिसहित केही नयाँ र आशा लाग्दा कार्यक्रम ल्याएको भन्दै मन्त्री पुनको प्रशंसा गरे । ‘बजेट धेरै...

जाँदा जाँदै रवि लामिछानेले भनेः ममाथि आजैबाट छानबिन गर्नुस्

२०८१ असार ३० गते १८:४३

काठमाण्डु, ३० असार– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगी प्रकरणमा तत्काल छानबिन थाल्न आग्रह गरेका छन् । कामचलाउ सरकारका गृहमन्त्री लामिछानेले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पदमा रहेका कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न प्रहरीलाई आग्रहगरे । ‘मेरो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us