काठमाण्डु, ३० असार– शुक्रबार बिहान मुग्लिन–नारायण सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा बेपत्ता भएका थप दुई यात्रुको शव भेटिएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलस्थित गण्डक नहरमा आइतबार दुई जनाको शव फेला परेको हो ।
नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले दुईवटा शव भेटिएको बताए । उनले दुवै शव पुरुषको जस्तो देखिएको जानकारी दिए । प्रहरीेल शव निकाल्ने प्रयास गरिरहेको छ ।
यसअघि शनिबार सोही घटनामा ज्यान गुमाएका तीन जनाको शव फेला परेको थियो । सबैको सनाखत भइसकेको छ ।