काठमाण्डु, ३१ असार–केपी ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको टुंगो लागेको छ ।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीबाट २१ जना मन्त्री बन्न लागेका हुन् । ओली सरकारमा कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ मन्त्रीको नाम शीतलनिवास पठाएका छन् ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा सहभागी हुने भएको छ । सिंहलाई उपप्रधानसहित सहरी विकासमन्त्रीको जिम्मेवारी लिन लागिएको छ ।
काँग्रेसबाट मन्त्री बन्न लागेका अन्य मन्त्रहरुहरुमा रमेश लेखक गृहमन्त्री आरजु राणाा देउवा परराष्ट्रमन्त्री, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, अजय चौरसिया कानून, दीपक खड्का ऊर्जा, जलश्रोत तथा सिंचाई, ऐनबहादुर शाही वन तथा वातावरण र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।
एमालेबाट उपप्रधान तथा विष्णु पौडेल अर्थमन्त्री, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला र देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
जनता समाजवादीबाट प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक तथा लोसपाबाट वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्दैछन् ।