समाचार

फेरि पनि विष्णु रिमाल नै ओलीका प्रमुख सल्लाहकार !

२०८१ असार ३१ गते १९:२३

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले उपमहासचिव विष्णु रिमाललाई यसपटक पनि प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिने भएका छन् । बालकोट उच्च श्रोतका अनुसार ओलीले रिमाललाई नै उक्त जिम्मेवारी दिने तयारी गरेका छन् । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार...

ओलीको पहिलो निर्णयः ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने

२०८१ असार ३१ गते १९:१०

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरको क्रिकेट मैदानलाई आगामी ३ सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहणपछि ओलीले उक्त निर्णयम हस्ताक्षर गरेका हुन् । ओलीले आफ्नो उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत...

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ असार ३१ गते १९:०२

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको पहिलो बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक जारी छ । श्रोतका अनुसार नियमित र देशभर वर्षातसँगै गएका बाढीपहिरोको जोखिम न्यूनीकरण, राहत तथा उद्धारका विषयमा बैठकले केही निर्णय गर्ने सम्भावना छ । आइतबार...

जब ओली सरकारलाई पशुपतिशमशेरले ‘श्री ५ को सरकार’ भने…

२०८१ असार ३१ गते १८:५०

काठमाण्डु, ३१ असार– राप्रपा सांसद् पशुपतिशमशेर जबराले प्रतिनिधिसभामा बोल्ने क्रममा सरकारलाई ‘श्री ५ को सरकार’ शब्दले सम्बोधन गरेका छन् । बयोवृद्ध सांसद् राणा सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा चिप्लिएका हुन् । राणाले ३० गतेको अविरल वर्षाले सिन्धुल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने यांग्रीको पुल बगाएको,...

मन्त्री भएकै दिन मन्त्रालय छिर्न नपाएका ‘अभागी’ मन्त्री

२०८१ असार ३१ गते १८:३७

काठमाण्डु, ३१ असार–नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारी कर्मचारीको घेराबन्दीमा परेका छन् । शीतलनिवासबाट सथप लिएर पदबहालीका लागि सिंहबारबार आएका अधिकारीलाई आन्दोलनरत कर्मचारीले मन्त्रालय प्रवेशमा अवरोध गरेका हुन् । अरु मन्त्रीको भव्य स्वागत भइरहँदा अधिकारी भने कर्मचारीका कारण रोकिएर मन्त्रालयको चमेनागृहमा गएर बसेका थिए । प्रहरीले...

संसदमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भयो रास्वपा

२०८१ असार ३१ गते १८:२०

काठमाण्डु, ३१ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस–एमाले गठबन्धनको सम्झौता सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सोमबार रास्वपा सांसद सोविता गौतमले दुई ठूला दलबीचको सम्झौता सार्वजनिक गर्न माग गरिन् । उनले अपारदर्शी सहमति भएको भन्दै समावेशीताप्रति सरकारको दृष्टिकोण माग गरेकी...

ओली सरकार डबल इन्जिनको सरकार हो, झक्कासले चल्छः मन्‍त्री यादव

२०८१ असार ३१ गते १७:४८

काठमाण्डु, ३१ असार– नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार पदभार ग्रहण गरेपछि उनले वर्तमान सरकार प्रधानमन्त्री केपी ओली नेतृत्वको भएकाले लामो समय चल्ने दाबी गरेका हुन् । अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि उनले बताए ।...

नेपाल हाम्रा पूर्वजहरुले जोगाए, हामीले भावी सन्ततीका लागि जोगाउनुपर्छः आरजु राणा

२०८१ असार ३१ गते १७:४४

काठमाण्डु, ३१ असार– नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल कहिल्यै पराधीन नभएको भन्दै मुलुकको स्वतन्त्रता बचाउने जिम्मा सरकारले लिने बताएकी छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पुर्खाले हालसम्म बचाएर ल्याएको देश भावी पुस्ताका लागि जोगाउनुपर्ने उल्लेख गरिन् । नेपाली सेनाको संख्या सानो...

प्रधानमन्त्री हुँदा सहयोग गर्नेलाई प्रचण्डले दिए धन्यवाद

२०८१ असार ३१ गते १७:२७

काठमाण्डु, ३१ असार– निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १८ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार उनले आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । आफू नेतृत्वको सरकारलाई सफल बनाउन भूमिका खेल्ने...

मितव्ययी नीतिको परिणामः ५० वर्षयता पहिलोपटक घट्दो चालु खर्च

२०८१ असार ३१ गते १७:१७

काठमाण्डु, ३१ असार– आर्थिक वर्ष २०८०/०८१ मा सरकारको चालु खर्चमा व्यापक कमी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले चालु प्रकृतिको खर्च घटेको औंल्याएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँले उक्त खर्च घटेको प्रतिवेदमा उल्लेख छ ।...

गृहमन्त्री लेखकद्वारा सिमलताल दुर्घटना अध्ययन कार्यदल गठन

२०८१ असार ३१ गते १७:०३

काठमाण्डु, ३१ असार–नवनयिुक्त गृहमन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई बस त्रिशूलीमा बगाउँदा बेपत्ता घटना अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेका छन् । लेखकले सोमबार पदबहाली ग्रहण गर्दै सिमलताल घटना अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । गृह मन्त्रालयका...

पूरक बजेट आउँदैन, बजेट कार्यान्वयन हुन्छः अर्थमन्त्री

२०८१ असार ३१ गते १५:५५

काठमाण्डु, ३१ असार– नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरक बजेट नल्याइने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकार पुरक बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट गरे । सरकारका योजना कार्यान्वयन गर्न पूर्ववर्ती वर्षमान पुनले ल्याएको अहिलेको बजेटले समस्या नगर्ने स्पष्ट गरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us