काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले उपमहासचिव विष्णु रिमाललाई यसपटक पनि प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिने भएका छन् ।
बालकोट उच्च श्रोतका अनुसार ओलीले रिमाललाई नै उक्त जिम्मेवारी दिने तयारी गरेका छन् । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
हक्की र आफूलाई लागेको विषयमा सिधै बोल्ने बानीका कारण रिमाललाई पार्टीभित्रका समेत धेरैले आलोचना गर्ने गरेका छन् ।
रिमालमा भएको प्रशासनिक र व्यवस्थापकीय भूमिकाका कारण ओलीले हरेकपटक प्रधानमन्त्री हुँदा उनलाई जिम्मेवारी दिँदै आएका छन् ।
औपचारिक नियुक्ति नभए पनि ओली प्रधानमन्त्री भएलगत्तै रिमालको सक्रियता बढेको छ ।