ओलीको पहिलो निर्णयः ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने

काठमाण्डु टुडे २०८१ असार ३१ गते १९:१० मा प्रकाशित

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरको क्रिकेट मैदानलाई आगामी ३ सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहणपछि ओलीले उक्त निर्णयम हस्ताक्षर गरेका हुन् । ओलीले आफ्नो उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ’, ओलीले लेखेका छन्, ‘यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us