पूरक बजेट आउँदैन, बजेट कार्यान्वयन हुन्छः अर्थमन्त्री

काठमाण्डु टुडे २०८१ असार ३१ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरक बजेट नल्याइने बताएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकार पुरक बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट गरे । सरकारका योजना कार्यान्वयन गर्न पूर्ववर्ती वर्षमान पुनले ल्याएको अहिलेको बजेटले समस्या नगर्ने स्पष्ट गरे ।

नयाँ सरकारका सोच कार्यान्वयनमा बजेटबाट बाधा परेको अवस्थामा त्यसलाई फुकाउन अन्य वैकल्पिक उदाहरणहरु समेत छन्,’ उनले भने, ‘पूरक बजेट ल्याउनुपर्ने बाध्यता छैन ।’

फरक प्रसंगमा उनले राष्ट्रियसभामा एमालेका तर्फबाट आर्थिक ऐनसहितका विषयमा दर्ता गरिएको संशोधनबारे सदनमा आफूले जवाफ दिने बताए ।

पौडेलले आफू निजी क्षेत्रको निराशा चिरेर आशा जगाउने गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us