समाचार

राम र सीताको मुर्ति बोकेर हिंड्ने ओलीले किन ईश्वरका नाममा लिन मानेनन् सपथ ?

२०८१ असार ३१ गते १४:१९

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिए । ओलीले देश र जनताका नाममा सपथ लिए । ओली बारम्बार धर्मशास्त्र, देवी देवता र अध्यात्मका कुरा गर्छन् । ओलीले त्रेत्रा युगमा भगवान रामको जन्म चितवनको माडीस्थित...

प्रचण्डका तीन मन्त्री ओली मन्त्रिपरिषदमा पनि अटाए, गिरीको नाम अन्तिममा हटाइयो

२०८१ असार ३१ गते १३:५९

काठमाण्डु, ३१ असार–पूर्ववर्ती सरकारका तीन मन्त्रीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि मौका पाएका छन् । ओलीका २१ मन्त्रीमध्ये तीनजना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा पनि मन्त्री थिए । यसरी अघिल्लो र पछिल्लो दुवै सरकारमा मन्त्री हुन पाउने भाग्यमानी हुन्...

ओली सरकारमा दुई मात्र महिला

२०८१ असार ३१ गते १३:४७

काठमाण्डु, ३१ असार–एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा दुई महिलाले मात्र मन्त्रीमा अवसर पाएका छन् । ओली सरकारमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र एमाले नेतृ विदा भट्टराई मन्त्री नियुक्त भएका छन् । राणालाई परराष्ट्र र भट्टराईलाई शिक्षा विज्ञान ताथ प्रविधिमन्त्रीको...

अन्तिममा छविलाल र जिवनको नाम काटेर दलितविहीन बनाइयो ओली सरकार

२०८१ असार ३१ गते १३:३६

काठमाण्डु, ३१ असार–एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दलितविहीन भएको छ । राष्ट्रपतिबाट आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार साँझ प्रधानमन्त्रीमा नियुक्त ओलीले सोमबार शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिएका थिए । लगत्तै उनले काँग्रेसका १०, आफ्नो दल एमालेका ८ र मधेस केन्द्रित...

लैनचौरमा स्काउटको १२ रोपनी जग्गा हडप्ने हाइड्रो व्यवसायीलाई ऊर्जामन्त्रीको जिम्मेवारी

२०८१ असार ३१ गते १३:२६

काठमाण्डु, ३१ असार– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा स्वार्थ बाझिने गरी काँग्रेस नेता दीपक खड्का ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री नियुक्त भएका छन् । काँग्रेसका तर्फबाट संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् । खड्का १ सय २० मेगावाटको निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत्...

ओली र विद्याको त्यो भेटः जसले मन्त्री बन्नै लागेका यी नेता रिङ आउट भए !

२०८१ असार ३१ गते १३:१५

काठमाण्डु, ३१ असार– एमाले सचिव योगेश भट्टराई सञ्चारमन्त्रीको सपथ लिने अन्तिम तयारीमा थिए । नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले यसपटक मन्त्री बनाउने बचन दिएका थिए । भट्टराई आइतबार राति मात्र होइन, सोमबार बिहानसम्म मन्त्री बन्नेमा ढुक्क थिए । तर जब राष्ट्रपति कार्यालयमा...

ओलीपछिको वरियतामा प्रकाशमान, आरजु देउवा ८औं नम्बरमा

२०८१ असार ३१ गते १२:४८

काठमाण्डु, ३१ असार– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा दोश्रो वरियतामा काँग्रेस नेता प्रकाशमान सिंह रहने भएका छन् । मन्त्रिपरिषदको मर्यादाक्रममा प्रधानमन्त्री ओलीपछि सिंह छन् । उनले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमाले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका एमाले उपाध्यक्ष विष्णु पौडेल...

ओलीद्वारा २२ सदस्यीय मन्त्रिपरिषद गठन, कसले पाए कुन मन्त्रालयको नेतृत्व ?

२०८१ असार ३१ गते १२:३७

काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै ओलीले प्रमुख सत्ताघटक काँग्रेसका १०, आफ्नो दल एमालेका ८ र मधेसवादी दलबाट ४ मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति राचन्द्र पौडेलले उनलाई...

प्रचण्डले दिए ओली बस्ने कुर्सी

२०८१ असार ३१ गते १२:२४

काठमाण्डु, ३१ असार–निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई कुर्सी हस्तान्तरण गरेका छन् । ओलीले सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि ओलीलाई प्रचण्डले कुर्सी हस्तान्तरण गरेका हुन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएपछि प्रचण्ड पदमुक्त भएका थिए ।...

श्रीमती हत्यापछि छोरा लिएर भागेका युवक पक्राउ

२०८१ असार ३१ गते १२:१८

काठमाण्डु, ३१ असार- श्रीमतीको हत्यापछि नाबालक छोरासहित भागेका श्रीमान पक्राउ परेका छन् । भूमे गाउँपालिका–६ का २७ वर्षीय जीव वली पक्राउ परेका हुन । वली २५ वर्षीया श्रीमती अप्सरालाई खुकुरी प्रहार गरी हत्या गरेर ६ वर्षीय छोरा लिएर भागेका थिए । छोरासहित भागेका उनलाई...

ओलीको सपथमा सहभागी भए प्रचण्ड

२०८१ असार ३१ गते १२:०६

काठमाण्डु, ३१ ३१ असार- निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवनियुक्त प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोहमा सहभागी भएका छन् । प्रचण्ड सपथग्रहणमा सरिक हुन शीतलनिवास पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई पद तथा गोपनियताको सपथ गराए । ओली आइतबार साँझ संविधानको धारा ७६ (२)...

प्रधानमन्त्री ओलीले लिए सपथ

२०८१ असार ३१ गते १२:००

काठमाण्डु, ३१ असार- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शीतलनिवासमा प्रधानमन्त्री सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us