
काठमाण्डु, ३१ असार– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा स्वार्थ बाझिने गरी काँग्रेस नेता दीपक खड्का ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री नियुक्त भएका छन् ।
काँग्रेसका तर्फबाट संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।
खड्का १ सय २० मेगावाटको निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत् आयोजना र करिब ५ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् । खड्कामाथि काठमाण्डुको लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा अनधिृकत रुपमा कब्जामा लिएको आरोप पनि छ ।
केही महिनाअघि काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले सो जग्गामा खड्काले बनाएर भाडामा लगाएका घरमा जोजर लगाएका थिए । उच्च अदालत पाटनले उक्त जग्गा स्काउटलाई फिर्ता गर्न आदेश दिएको छ । तर, उनले अदालतको आदेश अटेर गरी अझै जग्गा फिर्ता गरेका छैनन् ।