काठमाण्डु, ३१ असार- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शीतलनिवासमा प्रधानमन्त्री सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएपछि सोही दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।
शुक्रबार राति ओली काँग्रेस सभापति शेरबहादुर देउवालाई लिएर दुई पार्टीका सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए ।