
काठमाण्डु, ३१ असार–एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दलितविहीन भएको छ ।
राष्ट्रपतिबाट आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार साँझ प्रधानमन्त्रीमा नियुक्त ओलीले सोमबार शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
लगत्तै उनले काँग्रेसका १०, आफ्नो दल एमालेका ८ र मधेस केन्द्रित दलका ४ गरी २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे । मन्त्रीहरुको समेत सपथ भइसकेको छ । दलित समुदायबाट काँग्रेसका जिवन परियार एमालेका छविलाल विश्वकर्माको नाम मन्त्रीका लागि चर्चामा थियो ।
तर अन्तिम समयमा उनीहरु मन्त्रिपरिषदमा अटाउन सकेनन् ।