श्रीमती हत्यापछि छोरा लिएर भागेका युवक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ३१ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, ३१ असार- श्रीमतीको हत्यापछि नाबालक छोरासहित भागेका श्रीमान पक्राउ परेका छन् ।

भूमे गाउँपालिका–६ का २७ वर्षीय जीव वली पक्राउ परेका हुन । वली २५ वर्षीया श्रीमती अप्सरालाई खुकुरी प्रहार गरी हत्या गरेर ६ वर्षीय छोरा लिएर भागेका थिए ।

छोरासहित भागेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us