जब ओली सरकारलाई पशुपतिशमशेरले ‘श्री ५ को सरकार’ भने…

काठमाण्डु टुडे २०८१ असार ३१ गते १८:५० मा प्रकाशित

काठमाण्डु, ३१ असार– राप्रपा सांसद् पशुपतिशमशेर जबराले प्रतिनिधिसभामा बोल्ने क्रममा सरकारलाई ‘श्री ५ को सरकार’ शब्दले सम्बोधन गरेका छन् ।

बयोवृद्ध सांसद् राणा सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा चिप्लिएका हुन् ।

राणाले ३० गतेको अविरल वर्षाले सिन्धुल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने यांग्रीको पुल बगाएको, बरुवा बासखर्क वडा नम्बर १ र २ हुँदै वडा नम्बर–६ जाने झोलुंगेपुल र इन्द्रवती तेश्रो जलविद्युत आयोजनालाई क्षति पुगेको र मेलम्चीबाट भोताङ जाने मोटरबाटो पूर्ण रुपमा क्षति भएर आवतजावत बन्द भएकामा सरकारको ध्यानाकर्षण गराए ।

राणाले भने, ‘सभामुख महोदय, यसमा श्री ५ को सकरारको गम्भीर ध्यान जाओस् भनेर म ध्यानार्कषण गराउन चाहन्छु’, राणाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us