सपथअघि नै ओलीलाई मोदीको बधाईः ओलीलाई नजिकबाट सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डु टुडे २०८१ असार ३१ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, ३१ असार- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन् ।

पद तथा गोपनियताको सपथअघि नै ओलीलाई मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई ज्ञापन गरेका हुन् । मोदीले ओलीको कार्यकालमा दुई देशको मित्रवत सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको बताए ।

मोदीले ओलीलाई शुभकामना सन्देश दिँदै नेपालको प्रगति र समृद्धिका लागि नजिकबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us