
काठमाण्डु, ३१ साोउन- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन् ।
राष्ट्रपति पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत पाउन नसकेपछि शुक्रबार प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । राष्ट्रपतिले सोही दिन आइतबार अपराह्न ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
ओली शुक्रबार राती नै कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगेका थिए । एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनसहित प्रधानमन्त्री दाबी गरेका थिए।
शपथलगत्तै ओलीले मन्त्रिपरिषद विस्तार गर्नेछन् । लगत्तै मन्त्रीहरूको सपथ गराउने तयारी छ ।