दहमा डुबेर दिदीबहिनीको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ३१ गते १९:३९ मा प्रकाशित

स्याङजा, ३० असार– स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा दहमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय रामकोष स्वाराका नरेन्द्रब थापाका छोरीहरु १४ वर्षीया लक्ष्मी र १२ वर्षीया सुस्मिताको दहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङजा प्रहरीका प्रवक्ता इन्द्रबहादुर रानाले घरदेखि ५ सय मिटर टाढा पधेँरोमा नुहाउन गएका बेला उनीहरुको डेबेर मृत्यु भएको जानकारी दिए ।

लक्ष्मी कक्षा ९ कक्षा र सुस्मिता कक्षा ५ मा अध्ययनरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us