विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चि, योगेश, छविलाल र पदमलाई कुन मन्त्रालय ?

काठमाण्डु टुडे २०८१ असार ३० गते १९:४९ मा प्रकाशित

काठमाण्डु, ३० असार– एमालेले केपी ओली नेतृत्वको सरकारमा आठ मन्त्रालय पाउने भएको छ ।

काँग्रेस र एमालेबीच भागबण्डा हुँदा सुरुमा प्रधानमन्त्रीसहित एमालेले १० र काँग्रेसले ११ मन्त्रालय लिने सहमति थियो ।

तर, मधेसवादी दलहरुसमेत सरकारमा सहभागी हुने भएपछि दुई दलको शीर्ष नेतृत्वतहमा एमालेले ८ र काँग्रेसले ९ मन्त्रालय लिने सहमति भएको हो ।

यद्यपि एमालेबाट को–को मन्त्री बन्दैछन् भन्नेबारे ओलीले कसैलाई बताएका छन् । भोलि सपथ हुने भए पनि नवनियुक्त प्रधानमन्त्री ओलीले आइतबार साँझ अबेरसम्म मन्त्रीबारे पार्टीमा औपचारिक छलफल गरेका छैनन् ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने करिब निक्चितजस्तै छ । सचिवद्वय योगेशकुमार भट्टराई र छविलाल विक मन्त्री बन्ने पक्काजस्तै रहेको श्रोतले जनाएको छ ।

पूर्ववर्ती सरकारमा कानूनमन्त्री रहेका पदम गिरी दोहोरिने सम्भावना उच्च छ । विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीको नाम पनि चर्चामा छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । लगत्तै ओलीले मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

प्रधानमन्त्रीलगत्तै मन्त्रीहरुको पनि शीतलनिवासमा सपथको तयारी भएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us