समाचार

आरजुले भेटिन् राखी बाँध्ने गरेकी भाजपा नेता चौथाइवाले

२०८१ भदौ ६ गते ८:४३

नयाँदिल्ली, ६ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई भेटेकी छन् । उनीहरुबीच बुधबार नयाँदिल्लीमा भेटवार्ता भएको हो । थौचाइवालेलाई राणाले केही वर्षअघि जनैपूर्णिमाका दिन राखी बाँधेपछि त्यसको चर्चा भएको थियो । भेटमा चौथाइवालेले परराष्ट्रमन्त्री...

मेयरले आफ्नै घरमा डोजर चलाएर सुरु गरे सडक विस्तार

२०८१ भदौ ६ गते ८:३२

दाङ, ६ भदौ– दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर डोजर लगाएर भत्काएका छन् । चोधरीले लमही बजारमा रहेको आफ्नै घरमा डोजर लगाएर लमही–कोइलाबास हुलाकी सडक विस्तारको शुभारम्भ गरेका हुन् । ३३ किलोमिटर बढी उक्त सडक ०७७ चैतमै कालोपत्रे भएको थियो । तर,...

डम्पिङ साइटमा एक व्यक्ति मृत फेला

२०८१ भदौ ६ गते ८:२३

उदयपुर, ६ भदौ– उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहोर विर्सजनस्थल (डम्पिङ साइट) मा बुधबार एक व्यक्ति मृत फेला परेका छन् । मृतक ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाई रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिए । प्रहरीका अनुसार दमाई १५...

प्रधानमन्त्री ओली र सांसदहरुबीच हुँदैछ सवाल जवाफ

२०८१ भदौ ६ गते ८:१७

काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदैछन् । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ अनुसार हरेक महिना प्रतिनिधिसभाको पहिलो बैठकमा...

मकवानपुरमा भैंसीको आक्रमणबाट बाघको मृत्यु

२०८१ भदौ ६ गते ८:०७

काठमाण्डु, ६ भदौ– मकवानपुरमा भैंसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको भैंसीले बिहबार राति बाघ मारेको हो । घटनास्थलको प्रकृति हेर्दा आक्रमण गर्न आएको बाघलाई भैंसीले मारेको देखिएको प्रहरीले जनाएको छ । बाघ भैंसी गोठमा मृत अवस्थामा भेटिएको छ । भैंसी...

ढिस्को खसेर पृथ्वी राजमार्ग अवरुद्ध

२०८१ भदौ ५ गते २१:५२

तनहुँ, ५ भदौ- तनहुँको घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो । अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन...

फेक अडियो बनाएर सर्वोच्चका न्यायाधीश फसाउन खोज्ने तिमल्सिना पक्राउ

२०८१ भदौ ५ गते २०:१८

काठमाण्डु, ५ भदौ– सिधा कुरा डटकमका लागि फेक अडियो बनाउने कार्यमा संलग्न राजकुमार तिमल्सिना पक्राउ परेका छन् । प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा बुधबार साँझ पेप्सीकोलाबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बैंकिङ मुद्धामा पक्राउ गरिएको...

अध्ययन भन्छः तापक्रम वृद्धिका कारण थामेमा हिमताल फुट्यो

२०८१ भदौ ५ गते २०:०८

काठमाण्डु, ५ भदौ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा हिमताल फुटेर बाढी आउनुको कारण तापक्रम वृद्धि रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल...

पहिरोले अवरुद्ध नागढुंगा सडक एकतर्फी सञ्चालनमा

२०८१ भदौ ५ गते १९:३०

  काठमाण्डु, ५ भदौ – चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी रुपमा सवारी आवागमन खुलेको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू...

बिहीबार साँझदेखि झरी मथ्थर हुने

२०८१ भदौ ५ गते १८:५०

काठमाण्डु, ५ भदौ- काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा झरी परिरहेको छ ।अबिरल झरिका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन् । सुदूरपश्चिमको कैलाली, मधेस प्रदेशको पर्सामा धेरै भारी वर्षा भएको छ।पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबार केन्द्रमा १७४ मिलिमिटर वर्षा भएको छ...

भेटवार्ता सकेर परराष्ट्रमन्त्री राणा उपचारमा

२०८१ भदौ ५ गते १८:१९

काठमाण्डु, ५ भदौ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणका क्रममा राजनीतिक भेटवार्ता गरेर सकेकी छन । उनले भेटवार्ता सकेलगत्तै आफ्नो उपचारका लागि समय निकालेकी छन् । भदौ २ गते भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजुले भारतीय समकक्षी एस.जयशंकर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी हुन...

माओवादी केन्द्रले सुरु ग–यो प्रदेश तहको बैठक

२०८१ भदौ ५ गते १७:५७

  काठमाण्डु,५ भदौ – नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहका बैठक र छलफल सुरु गरेको छ । स्थायी समितिको बैठकबाट भएको निर्णय अनुसार प्रदेश तहमा छलफल गरी सुझाव संकलनका लागि बुधबारबाट प्रदेश तहको छलफल सुरु गरेको छ । प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us