काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद नारायण खड्काले प्रश्न सोधेपछि प्रश्न हो कि सुझाव पत्र हो भन्दै कटाक्ष गरेका छन् । आज बिहीबारको बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची अनुसार ओली रोस्टम उभिएका थिए...
काठमाण्डु, ६ भदौ– नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन । भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग उनले गरेका...
काठमाण्डु, ६ भदौ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग माग गरेका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले यस्तो माग गरेका हुन । उनले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका...
काठमाण्डु, ६ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सभापति यस्तो बताएका हुन । लामिछानेले...
काठमाण्डु, ६ भदौ– महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय रहेको प्रहरीले जानकारी दिएको छ । माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ ।...
काठमाण्डु, ६ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै छिन । गत आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाण्डु फर्किन लागेकी हुन । मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने...
काठमाण्डु, ६ भदौ– आगामी शनिबार युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा ‘काठमाण्डु युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै छ । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक...
काठमाण्डु, ६ भदौ– हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन । मल्लको कर्णाली प्रदेश...
काठमाण्डु, ६ भदौ– त्रिभवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । त्रिविका ६२ वटै आङ्गिक...
काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । यसअघि बहस सकेर सर्वोच्चले आजको लागि निसु तोकेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत् पूर्ण इजलास सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त...
काठमाण्डु, ६ भदौ– प्रहरीले दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर...
महोत्तरी, ६ भदौ– महोत्तरीमा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ । जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय मंगबार राति मृत भेटिएकी थिइन् । उनी सोही दिन माइतीबाट घर फर्किएकी थिइन । धनुषा हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक...