परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै छिन । गत आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाण्डु फर्किन लागेकी हुन ।

मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको पनि उनको सचिवालयले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् । उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us