काठमाण्डु, ६ भदौ– प्रहरीले दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेको प्रहरीले जानकारी दिएको छ ।
दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।