काठमाण्डु, ६ भदौ– हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन ।
मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको डिएसपी विश्वकर्माले जानकारी दिए । मल्ल उक्त जिपका मालिक समेत रहेको उनले जानकारी दिएका छन ।
दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।