काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ । १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन...
काठमाण्डु, ६ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका...
काठमाण्डु, ६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताएका छन । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको दाबी छ । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने, ‘३६ वर्ष भइसक्यो ।...
काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन । आज बिहिबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी थिइन् । जवाफमा प्रधानमन्त्री...
काठमाण्डु, ६ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्न पनि किन नपाउने भन्दै बैठकमा प्रतिप्रश्न गरेका छन । बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा ८२ जना नेताहरूले राखेका धारणालाई बिहीबार सम्बोधन गर्दै उपमहासचिव...
काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौता उठाएरै छाड्ने बताएका छन । आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको उनको भनाइ छ । आज बिहिबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री...
काठमाण्डु, ६ भदौ– परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन । आज बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन । उनले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न...
काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका...
काठमाण्डु, ६ भदौ– प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३...
काठमाण्डु, ६ भदौ– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो...
काठमाण्डु, ६ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले...
काठमाण्डु, ६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारले यथार्थमा परिवर्तन ल्याउने...