समाचार

तनहुँ बस दुर्घटना: उद्धारका लागि हेलिकप्टर परिचालन

२०८१ भदौ ७ गते १४:४५

काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ । केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत...

२०८४ मा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी एमाले हो: शशांक कोइराला

२०८१ भदौ ७ गते १४:३८

काठमाण्डु, ७ भदौ– कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताएका छन । आज शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा...

भारत भ्रमणबारे परराष्ट्रमन्त्री आरजुको ब्रिफिङ : दुई ठुला पार्टी मिल्दा भारतको सकारात्मक प्रतिक्रिया पाएँ

२०८१ भदौ ७ गते १४:३१

काठमाण्डु, ७ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे पार्टीको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

प्रतिबन्ध खुलाउने सरकारको निर्णयपछि टिकटकले भन्यो– हामी उत्साहित छौं

२०८१ भदौ ७ गते १३:३०

काठमाण्डु, ७ भदौ– सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णयलाई टिकटकले स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको जानकारी दिएका छन । विज्ञप्तिमा भनिएको छ, ‘ यसका लागि हामी फलदायी संवादमा नेपाल...

तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु

२०८१ भदौ ७ गते १३:१८

काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको मरस्याङ्दी बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिएका छन । शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो । शुक्रबार बिहान साढे एघार...

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्रीको तयारी

२०८१ भदौ ७ गते १३:०९

काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने भएको छ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

२०८१ भदौ ७ गते १३:०२

काठमाण्डु, ७ भदौ– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः सुरु भएको हो । अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने कांग्रेसका एक नेताले जानकारी...

तनहुँ बस दुर्घटना अपडेट: ११ जना बेपत्ता, १४ जना अचेत

२०८१ भदौ ७ गते १२:४५

काठमाण्डु, ७ भदौ– आज शुक्रबार बिहान तनहुँमा भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् । बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जानकारी दिएको । १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु

२०८१ भदौ ७ गते १२:२३

एजेन्सी– बिहीबार राति परेको अविरल वर्षाका कारण भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको भारीतय...

सहकारी ठगी छानबिन समितिले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

२०८१ भदौ ७ गते १२:१६

काठमाण्डु, ६ भदौ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज...

आँबुखैरेनी नजिकैबाट मस्र्याङदी नदीमा खस्यो यात्रुबाहक बस

२०८१ भदौ ७ गते १२:११

तनहुँ, ७ भदै -तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरा भन्ने ठाउँबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ । शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका- २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । एसपी शाहीका अनुसार घटनास्थलमा...

रवि लामिछानेलाई मुकुलले भनेः तपाईं ठग हो भनेर प्रमाणित गर्न सक्छु

२०८१ भदौ ७ गते १२:०२

काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीले पदीय भूमिकाबाट हटाएका पूर्व महामन्त्री मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ दिएका छन । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us