तनहुँ बस दुर्घटना: उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाण्डु ल्याउने तयारी रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

पोखराबाट शुक्रबार बिहान काठमाण्डु आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us