तनहुँ, ७ भदै -तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरा भन्ने ठाउँबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ । शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका- २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
एसपी शाहीका अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगिसकेको र बसलाइ डोरी लगाएर उद्धार गर्न थालिएको बताए ।
प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन् । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्छ ।
बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए भन्ने विवरण खुलिसकेको छैन ।