समाचार

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीद्वारा बल प्रयोग

२०८१ भदौ ८ गते १६:५२

काठमाण्डु, ८ भदौ– भ्रष्टाचारीलाई जोगाउने गरी कानून बनाउन लागिएको विरोधमा बृहत नागरिक आन्दोलनले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादसहितको प्रावधान राखेर कानून संशोधन गर्न लागिएको विरोधमा आन्दोलनले शनिबार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीच...

एक महिनाअघि नै तिजको दर खाँदा गाउँभरका महिला बिरामी

२०८१ भदौ ८ गते १२:१९

रुपन्देही, ८ भदौ– रुपन्देहीको देवदहमा तिज आउनुअघि नै दर खाएका महिलाहरुको एक समूह नै बिरामी परेको छ । देवदह–६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर ६ भदौमा सामूहिक दर खाएका थिए । जसमध्ये दुई दर्जन बढी फुट पोइजनका कारण बिरामी परेका छन् । दर...

काठमाण्डु आइपुगिन् भारतीय राज्यमन्त्री खडसे

२०८१ भदौ ८ गते १२:११

काठमाण्डु, ८ भदौ– भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाण्डु आइपुगेकी छन् । शुक्रबार तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन र घाइतेहरुको अवस्था बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे नेपाल आएकी हुन् । भारतीय पर्यटक सवार यूपी५३एफटी७६२३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत...

जिबी राईसँग संगत गर्नु गलत रहेछ भन्ने लागेको छः रवि लामिछाने

२०८१ भदौ ८ गते ११:५८

चितवन, ८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बिजी राई गलत मानिस हुन् भन्ने समयमै चिन्न नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन् । लामिछाने र राई गोरखा मिडियो नेटवर्क र त्यसले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका व्यवसायिक साझेदार हुन् । भरतपुर विमानस्थलमा शनिबार...

प्रचण्डले मागे मधेस प्रदेशका दल नेता भरत साहको राजीनामा

२०८१ भदौ ८ गते ११:४६

काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मधेस प्रदेश संसदीय दलका नेता भरत साहको राजीनामा मागेका छन् । प्रचण्ड भेट्न शनिबार बिहान साहसहित मधेस संसदीय दलका सांसदहरुलाई खुमलटार बोलाएका थिए । त्यस क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ, मधेस...

मोदीले एक राज्यमन्त्रीलाई आकस्मिक रुपमा नेपाल पठाए

२०८१ भदौ ८ गते १०:३८

काठमाण्डु, ८ भदौ– भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आउने भएकी छन् । शुक्रबार तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन र घाइतेहरुको अवस्था बुझ्न राज्यमन्त्री खडसे नेपाल आउन लागेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी नेपाल आउन लागेको बताइएको छ...

अण्डाको माग बढेपछि मूल्य पनि बढ्यो

२०८१ भदौ ८ गते ८:४३

काठमाण्डु, ८ भदौ– भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । अण्डाको माग बढेसँगै मूल्य बढाइयो । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले...

काँग्रेस नेताले देउवाकै अगाडि भनेः ओलीले तपाईंलाई सत्ता हस्तानतरण नगर्न सक्छन्

२०८१ भदौ ७ गते २०:३८

काठमाण्डु, ७ भदौ–कांग्रेसका नेताहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले दुई दलबीचको सहमतिअनुसार आफ्ना सभापति शेरबहादुर देउवालाई इमान्दारीपूर्वक सत्ता हस्तान्तरण गर्नेमा शंका व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले ओलीसँगको सहकार्य सहज नभएको बताए । बैठकमा बोल्दै पूर्वमहामन्त्री...

संसदीय समितिमा रवि लामिछानेको बयानः गोरखा मिडियामा पैसा कहाँबाट आयो भन्नेबारे जिबी राईलाई सोध्नुपर्छ

२०८१ भदौ ७ गते २०:२८

काठमाण्डु, ७ भदौ– रास्वपा सभापति रवि लामिछानेले सहकारी हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदस्य समितिमा बयान दिएका छन् । लामिछानले शुक्रबार सिंहदरबार पुगेर समितिमा बयान दिएका हुन् । पूर्वगृहमन्त्री र प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।...

काँग्रेस कार्यकर्ताद्वारा एमाले नेताविरुद्ध प्रदर्शन

२०८१ भदौ ७ गते २०:०६

बाँके, ७ भदौ–काँग्रेस कार्यकर्ताले नेपालगञ्जमा एमाले स्थानीय नेताविरुद्ध प्रदर्शन गरेका छन् । कांग्रेस भ्रातृ संगठन नेपाल तरूण दलले एमाले सम्वद्ध युवासंघका जिल्ला अध्यक्ष एवं राप्ती सोनारी गाउँपालिका–२ का अध्यक्ष ज्ञानेन्द्रराज ओलीविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले वडाअध्यक्ष ओलीको तस्बिर अंकित व्यानर बोकेका थिए ।...

मस्र्याङदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो

२०८१ भदौ ७ गते १९:५२

काठमाण्डु, ७ भदौ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । यूपी५३एफटी७६२३ नम्बरको भारतीय बस शुक्रबार मस्र्याङदीमा खसेको थियो । २५ जनाको घटनास्थलमै तथा चितवनको भरतपुर अस्पतालमा एक जना, आँबुखैरेनी अस्पतालमा एक जनाको मृत्यु...

रवि लामिछानेलाई समितिको प्रश्न : छविलालको नाममा ऋण खडा गरी कम्पनीमा पठाउन मिल्छ ?

२०८१ भदौ ७ गते १८:१४

काठमाण्डु, ७ भदौ– सहकारी संस्था वचत रकम दुरुपयोगबारे संसदीय विशेष छानविन विशेष समितिले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सोधपुछ गरिरहेको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा जारी सोधपुछमा समितिले लामिछानेलाई विभिन्न प्रश्न गरिरहेको छ । त्यसमध्ये समितिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us