म्याग्दी, ९ भदौ– म्याग्दीमा वर्षासँगै आएको बाढीले गाडी बगाएको छ । बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्सामा आएको बाढीले ग२च ९३५५ नम्बरको बोलेरो जिप बगाएको हो । प्रहरीका अनुसार यात्रु र चालकले भागेर ज्यान बचाएका छन् । जिप पोखराबाट बेनीतर्फ आउँदै थियो । शनिबार...
काभ्रे, ९ भदौ– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ...
काठमाण्डू, ९ भदौ- रामेछापको शैलुङ् गाउँपालिका-३ लेखर्क पहरीगाउँमा पहिरोले ३ घर बगाएको छ । पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । उद्धारका लागि टोकरपुर र दोरम्बाबाट प्रहरी चौकीबाट टोली खटाइएको प्रहरी निरीक्षक कौशल न्यौपानेले...
काठमाण्डू, ९ भदौ- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा बस दुर्घटना भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाण्डू आउँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ ख १३३२ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक छेउको...
धनगढी,९ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित देउवा निवास अगाडि गएराति शंकास्पद वस्तु फेला परेको हो । कैलाली प्रमुख प्रहरी एसपी पदमबहादुर विष्टले झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको जानकारी...
सिन्धुली, ८ भदौ- मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका- १ कुडेलेबाट सुनकोशी नदीमा गाडी खसेको छ । पूर्वबाट काठमाण्डु आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो गाडी शनिबार सांझ सवा ६ बजेतिर सुनकोशी नदीमा खसेर बेपत्ता भएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...
कैलाली,८ भदौ- कैलालीको गौरीगंगा नगरपालिका-७ महुलियामा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । स्थानीय स्थान घर्तीमगरका छोरीहरू ७ वर्षीया काजल र ४ वर्षीया नीताको शुक्रबार राति सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भुइँतलामा खाटमा सुतेका उनीहरूलाई सर्पले टोकेको कैलाली प्रहरीका डिएसपी...
भरतपुर, ८ भदौ– शुक्रबार तनहुँमा बस दुर्घटनामा परी मृत्यु भएका २५ जनाको शव भारत लगिएको छ । भारतको पश्चिम बंगालबाट आएको भारतीय सेनाको जहाजले शनिबार भरतपुरबाट ती शव लगेको हो । मृत्यु भएका २७ मध्ये दुई जनाको शव गाडीबाट गोरखपुर पठाइएको छ । उनीहरु...
काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को संविधानसभा निर्वाचनमा आफ्नो दललाई भोट दिएका मतदाताहरुको सूची बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । पार्टी सम्वद्ध नुवाकोट–काठमाण्डु सम्पर्क समन्वय समितद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले ती सबै मतदाताको सूची बनाएर भेट्नुपर्ने बताए...
काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको टाउकोमा झुण्डिएकोे तरबार हटेको बताएका छन् । पार्टी सम्वद्ध नुवाकोट–काठमाण्डु सम्पर्क समन्वय समितद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले संघीय संसदका दुवै सदनबाट बेपत्ता पारिएको व्यक्तिको खोजबिन तथा सत्य निरुपण र मेलमिलाप आयोग...
काठमाण्डु, ८ भदौ– प्रधानमन्त्री केपी ओलीले आफूले महिलालाई प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफू छिट्टै महिलालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए । यद्यपि त्यसका लागि केही तयार गर्नुपर्ने उनको भनाइ थियो । समय तोक्न गाह्रो भए पनि...
बुटवल, ८ भदौ- पहिरोका कारण बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा पर्ने कुहिरे भिरमा शनिबार अपराह्न ४ बजेतिर सुक्खा पहिरो खसेको हो । पहिरोका कारण बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ...