काठमाण्डू, ९ भदौ- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा बस दुर्घटना भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाण्डू आउँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ ख १३३२ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडक छेउको कंक्रिटको बारले छेकेका कारण बस त्रिशूली खस्नबाट जोगिएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।