काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको टाउकोमा झुण्डिएकोे तरबार हटेको बताएका छन् ।
पार्टी सम्वद्ध नुवाकोट–काठमाण्डु सम्पर्क समन्वय समितद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले संघीय संसदका दुवै सदनबाट बेपत्ता पारिएको व्यक्तिको खोजबिन तथा सत्य निरुपण र मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी ऐन संशोधन भएपछि उक्त तरबार हटेको बताए ।
अब माओवादी नेता कार्यकर्ताले डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘हाम्रो टाउकोमा झुण्ड्याएको तरबार अब हटेको छ’, उनले भने, ‘अब डराउनुपर्ने अवस्था छैन, ढुक्का भउको छ ।’ फरक प्रसंगमा प्रचण्डले कसैले चाहेर पार्टी फुटाउन नसक्ने दाबी गरे । बरु, फुटेर गएका माओवादी धाराका विभिन्न समूहहरु पनि मुलधारमा समाहित हुन आउने उनले बताए ।
प्रचण्डले अब माओवादी कसैले फुटाउन नसक्ने अरु फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुने बताए । ‘कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन्’, उनले भने ।प्रधानमन्त्री केपी ओलीले आफूले महिलालाई प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।