बुटवल, ८ भदौ- पहिरोका कारण बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा पर्ने कुहिरे भिरमा शनिबार अपराह्न ४ बजेतिर सुक्खा पहिरो खसेको हो ।
पहिरोका कारण बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने दोभान प्रहरीले जनाएको छ ।