काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने भएको छ ।
त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
स्रोतले भन्यो, ‘कहिले जाने रु कोको जाने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको छ, तर महासभामा भाग लिन प्रधानमन्त्री जाने चाहिँ पक्का भएको छ ।’
ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओलीले हाल सम्म विदेश भ्रमणमा गएका छैनन् ।