भारत भ्रमणबारे परराष्ट्रमन्त्री आरजुको ब्रिफिङ : दुई ठुला पार्टी मिल्दा भारतको सकारात्मक प्रतिक्रिया पाएँ

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे पार्टीको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।

उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।

उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित जानकारी गराएकी पनि छन । उनले भनिन्, ‘आउने कुरा भएको छ ।

तर डेटचाहिँ तोकिएको छैन’ । दुई ओटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताएकी छन ।

उनले थपिन, ‘दुई ठुल ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ’, उनले बैठकलाई ब्रिफिङ गर्दै भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us